रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग सहमति

Advertisement

बेइजिङः नेपाल र चीनबीच महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड ओबर मार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति भएको छ । भेटपछि वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’

उनले भने, आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’ नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । परराष्टमन्त्री ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’ चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ ।

वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।’

ज्ञवालीले नेपाल चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको बताए । उनले भने, नेपालले आपसी विश्वास बढाउन काम गर्छ र भौतिक पूर्वाधार, ब्यापार, पर्यटन, संस्कृतिलगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगतै बेइजिङ पुगेका ज्ञवालीले त्यहाँका उपराष्ट्रपतिलाई समेत भेटेका छन् । उनले ओलीको चीन भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि नेपाल भ्रमणका लागि परामर्श गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement