अनुपमा बाणिज्य बैंकको पहिलो महिला सिइओ बन्न सफल

Advertisement

काठमाडौंः मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन । बैंकको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी उनलाई सिइओ नियुक्त गरेको हो ।

‘क’ वर्गका वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बनेकी छन । उनले मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहक, कर्मचारी एवं अन्य सरोकारवालाहरुको विश्वास जित्ने गरी काम गर्ने बताउँदै थप लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर मेगालाई अग्रणी बैंकको रुपमा स्थापित गर्ने बताइन ।

यसअघि अनिल शाहले छोडेसँगै कायममुकाम सिइओ रहेकी उनले मेगा बैंक स्थापनाकालदेखि नै कार्यरत थिइन । आठ वर्षअघि उनी नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी थिइन ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुन्जेलीसँग २७ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

Advertisement

Advertisement

Advertisement