घाइते नेइमार भन्छन्ः रुस विश्वकपमा म फिट हुनेछु

Advertisement

एजेन्सीः ब्राजिलीयन स्टार नेइमारले आफु विश्वकपमा राष्ट्रिय टोलीका लागि प्रतियोगिता खेल्न फिट हुने बताएका छन् । स्पेनीस क्लब बार्सिलोनाबाट विश्वकै महँगो मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेइमार अहिले चोटको सामना गर्दै छन् ।

फ्रान्सको लिग वानमा खेलिरहेका नइमारको खुट्टमा फेब्रुअरीमा चोट लागेपछ मैदान बाहिर छन् । नेइमारले आफु रिकभर भईरहेकाले रुस विश्वकपमा फिट हुने बताएका हुन् । उनले १७ मेदेखि ब्राजिलको प्रशिक्षणमा फर्किने बताए ।

गत हप्ता स्वास्थ परिक्षण गराउँदा राम्रो देखिएकाले विश्वकपमा आफु उत्कृष्ट लयका साथ मैदानमा आउने बताएका छन् । यसअघि नेइमार घाइते भएपछि २०१४ मा ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ब्राजिलले ७–१ ले पराजित भएको थियो ।

आउँदो विश्वकप प्रतियोगिताको पहिले ब्राजिलले जुन १७ मा स्वीजरल्याण्डको सामना गर्नेछ ।

Advertisement

Advertisement

Advertisement