नेपालको व्यापार घाटा कहालीलाग्दो बन्दै, चैतमै पुग्यो छ खर्ब १३ अर्ब घाटा

Advertisement

काठमाडौंः नेपालको बढ्दो व्यापार घाटाले थप उचाई लिएको छ । चालु आर्थिक बर्षको आठौं महिनासम्ममै एक खर्ब रुपियाँ व्यापार घाटा बढेको छ ।

गएको आर्थिक बर्षको चैत्रसम्म व्यापार घाटा छ खर्ब १३ अर्ब ६० लाख दुई हजार ९५६ रहेकोमा यस बर्ष चैतसम्म यो घाटा सात खर्ब १३ अर्ब ९३ लाख चार हजार ५८४ रुपियाँ पुगेको छ ।

चालु आर्थिक बर्षको पहिलो साता महिनामा नेपालको बैदेशिक व्यापारमा भारततर्फ मात्र चार खर्ब पाँच अर्ब १४ लाख चार हजार ९४९ रुपियाँ व्यापार घाटा रहेकोमा आठौं महिनामा बढेर चार खर्ब ७१ अर्ब ६९ लाख पाँच हजार रुपियाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चीनसँगको बैदेशिक व्यापार पनि त्यस्तै कहली लाग्दो छ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा चीनतर्फ ९९ अर्ब १४ करोड दुई हजार १२७ रुपियाँ व्यापार घाटा छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा ८६ अर्ब ७९ करोड चार हजार २५३ रुपियाँ रहेको थियो ।

Advertisement

Advertisement

Advertisement