'ब्रोकरहरुको सिण्डिकेट अन्त्य गर्न बाणिज्य बैंकका शाखाहरुलाई कारोबारको लाइसेन्स दिनुपर्छ'

Advertisement

सेयर बजारमा निकै उचार चढाव रहेको अवस्थामा सेयर बजार विश्लेषक एवं नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारसँग कर्पोरेट नेपाल डटकमको टेलिभिजिन कार्यक्रम कर्पोरे नेपालमा गरिएको कुराकानीको सारः

के छ अहिले सेयर बजारको हालखबर ?
सेयर बजारको हालखबर त ठिकै छ । तर, पछिल्लो समयमा सेयर बजारमा घटबढ भई रहेको छ । बजारमा उतराचढाव धेरै भइरहेको छ । सामानयतयाः हामी लगानीकर्ताहरु बजारमा प्रवेश गर्दा सेयर बजार घट्छ । मैले भनिरहेको छु कि सेयर बजार बढनको लागि घट्छ र घट्नको लागि बढ्छ । सेयर बजार घट्छ घट्छ र फेरि बढ्छ । यो नर्मल प्रक्रिया हो । यसलाई बजारको ब्यूटी पनि भनिन्छ । तर, अहिले बजार लगातार घट्यो नि दुई सय प्वाइन्ट जति, निर्वाचनपछि धेरै घट्यो । हामी अलिकति विगतमा जाँउ । केपी ओलीले निर्वाचन पहिला २० प्वाइन्टम मात्र घट्दा पनि हल्ला गर्नुभयो । तपाईंहरु नआत्तिनुस म प्रधानमन्त्री भएपछि सेयर बजार घट्ने छैन भनेर । निर्वाचनपछि पुँजीबजारलाई हामी कभर गर्छौ तपाईंहरु नआत्तिनुस भन्नुभयो । त्यसपछि उहाँले निर्वाचन जित्नुभयो । वटिङ प्राइमिनिस्टर बनेपछि पनि बजार घट्न थालेपछि चार पटक विज्ञप्ति निकाल्नु भयो । विभिन्न ठाँउमा इन्टरभ्यु दिनुभयो । सबै मिडियालाई पनि थाहा छ ।

जब उहाँ प्रधानमन्त्री बन्नुभयो, सुरुमा बजारमा केही सुधार आएको थियो । ओलीले आफूलाई मन परेको मान्छेलाई अर्थमन्त्री बनाउनु भयो । त्यसपछि एकै दिन ५२ प्वाइन्टले घट्यो । त्यसपछि लगातार घटिरहँदा पनि ओलीले केही बोल्नु भएन । एक पटक पनि नबोल्नुले हामी लगानीकर्तालाई निराश बनाएको छ । तपाईंलाई म कसरी प्रिजेन्ट गरौं भने २१ खर्बको मार्केट हो । त्यो लगानी हाम्रै हो । त्यो घटेर १३ अर्ब र अहिले १४ खर्बमा आएको छ । सात खर्ब घटेर जुन लस भयो नि त्यो हामी नेपाली र नेपालको पैसा हो । हाम्रो लगानी हो । तीस लाख लगानीकर्ताको मात्रै लस होइन, त्यो देशको लस हो । खाली के भयो भने बीचमा अर्थमन्त्रीले आफ्नै खालको अभिव्यक्ति दिन थाल्नु भयो । अर्थमन्त्रीले बीबीसीमा दिनुभएको अभिव्यक्तिको आशय अर्कै होला । तर, त्यसले नराम्रो मेसेज गयो । सेयर बजार अनुत्पादक भन्ने कुराले लगानीकर्तालाई निराश बनायो ।

भनेपछि सेयर बजारमा असन्तुलन उतार चढाव आउनुको कारण राजनीतिक असन्तुलन भन्न चाहनुहुन्छ ?
हैन, त्यसमा अब म मुलरुपमा आउँदै छु । अर्थमन्त्रीले अहिले श्वेतपत्रमा बोलका कुरा राम्रो छ । लगानीकर्ता र ब्रोकरहरु उहाँसँग गएर बुझ्दाखेरी उहाँको आशय म बुझ्न सक्छु । त्यसपछिका पछिल्ला इन्टरभ्युहरुबाट मैले के पनि देखेको छु भने उहाँले लङटर्मको लागि काम गर्नुहुन्छ । अर्थमन्त्रीले हामीलाई इस्युबेस कुरा लिएर आउँनुहोस, म पूरा गर्छु भन्नुभएको छ । यो पुँजीबजारलाई राम्रो हो । तर, पछिल्लो समयमा पुँजीबजारमा आएको गिरावटले निराश बनाएको छ । वाम गर्भमेन्ट आयो, अलिकति अविश्वास आयो । फेरि अर्थमन्त्रीले यस्तो बोलिदिनु भयो । अर्थमन्त्रीले यसरी हावादारी बोलेर हिँड्न हुँदैन । किनभने पुँजीबजार भनेको सेन्सेटिभ हो । बोलेर हिड्न हुँदैन मेरो विचारमा । पछि उहाँले गोरखापत्रमा आफ्नो वक्तव्यलाई व्यालेन्स पनि गर्नुभयो । त्यसमा म के भन्न चाहन्छ्ु भने श्वेतपत्र जारी गर्दाखेरी उहाँले सेयर बजारको सुधारका लागि नयाँ कार्यक्रम तथा योजना ल्याउछु भन्नुपथ्र्यो । त्यति भनिदिएको भए सेयर बजारमा पोजिटिभ म्यासेज जान्थ्यो ।



तर, बजार घटेको कारण धेरै कुराहरु छ । यसमा अलिकति टाइम लिन्छु । करिव तीन वर्ष अगाडी राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको पुँजीबजार बढाउनलाई बैंकहरुबीच मर्ज गर्नको व्यवस्था ल्याउनुभयो । पुँजी कम भएकाले बैंकहरुले विकासको काम गर्न सक्दैनथ्यो । बैंक बैंक मर्ज गराउँदा पुँजी वृद्धि भई काम गर्न सजिलो हुन्छ भनेर मर्जरको सिस्टम ल्याउनु भयो । त्यो एकदम राम्रो काम थियो । तर, राष्ट्र बैंकले एक ठाँउमा के खुला राखिदियो भने राइट (हकप्रद) सेयरको व्यवस्था । राइटमा अंकुश लाउनुभएको भए राम्रो हुन्थ्यो । टिक्ने नसक्ने बैंकहरु पनि राइटको पाटोमा टेकेर पुँजी बढाउन थाले । मर्जरको बाटोमा गएनन् । कमजोरभन्दा कमजोर बैंकहरु, जो मर्जरमा जानै पर्ने थियो, त्यस्ता बैंक वित्तीय संस्थाले पनि राइटको पाटोमा टेकेर, मिस युज गरेर, पुँजी पुर्याए ।

गर्भनरले गरेको कल्पना भनेको १०, १२ ओटा बाणिज्य बैंक हो । तर, आज पनि २८ ओटा बैंक छ । त्यसले के भयो भने एक, दुई ओटा मात्र बैंक मर्जमा गए । तीन सय करोड एउटा बैंक र चार सय करोड अर्को बैंक राखिदिएको भए दुईटा बैंकको मर्ज गरेर १५ प्रतिशत राइट सेयर जारी गर्दा आठ सय करोड आरामले पुग्थ्यो । सबै सञ्चयकर्ताले आफ्नो पैसा झिकेर राइट सेयरमा लगानी गरे । राष्ट्र बैंकले राइटमा अकुश नलगाएकाले यो समस्या आएको हो ।

अहिले इन्स्योरेन्सहरुमा पनि त्यही अवस्था आएको छ । झन समस्याको कुरा त के भने थप १० ओटा लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना भयो । अझ बैंकरहरु, प्रोमोटरहरु इन्स्योरेन्समा पनि प्रोमोटर हुन्छ । यिनीहरुले यताको पुँजी उता उताको पुँजी यता गर्छन । बैंकबाट इन्टरबैंक लोन लिन मिल्छ । दुईसय करोड पुँजी हुँदा पनि बैंकको पैसा मार्केटमा अभाव । आठ सय करोड आज कहाँ गयो ? यत्रो पैसा छ । लगानी केहीमा छैन । हाइड्रोपावरमा पनि लगानी भएको छैन । उद्योगमा पनि लगानी भएको छैन तर, पैसा पनि छैन भने त्यो पैसा राइट सेयर र बोनस सेयरमा लगानी भएको छ ।

स्थिर सरकार आइसकेको अवस्था छ । निर्वाचनपछि पनि एनसेलले पैसा लग्यो, अर्थमन्त्रीले यसो भन्नुभयो र बैंकहरुले ब्याजदर बढायो भनेर सेयर बजारको कुरा गरिरहँदा सेयर बजार घट्नु कत्तिको जायज छ ?
डिभिडेन्ट दिने कम्पनीले हो । न अर्थमन्त्रीले हो । न एनसेलले हो । न कसैले हो । त्यसैले म के अपिल गर्छु भने हामी अलिकति केही क्राइसिस भयो भने आत्तिन्छौं । केही सुधार भएमा मात्तिन्छौं । त्यो गलत हो । अर्थमन्त्रीले एउटा वक्तव्य आउँदा हाम्रो बजार स्वाठ्ठै घट्यो । पुँजीबजार भनेको एउटा कम्पनीलाई राम्रोसँग चिरफार गर्ने पाटो हो । त्यसैले हामीले एउटा कम्पनीको सेयर किन्दा कम्पनीको सम्पूर्ण कुराको ध्यान दिनुपर्छ । त्यो कम्पनीको सबै प्रोफाइल हेरेर....।

एउटा लगानीकर्ताको हिसावले म बारम्बार भन्छु । आर्टिकलमा पनि लेख्छु त्यो कम्पनीको प्रोफाइल कस्तो छ भनेर मात्र लिनुपर्छ । हामी जग्गा लिँदा कसरी लिन्छौं । जग्गा भनेको अचल सम्पत्ति हो र सेयर भनेको चल सम्पत्ति हो । जग्गा किन्दा सबैले बाटोघाटो छ कि छैन ? दाजुभाईको झगडा छ कि छैन् ? जग्गाको भाउ ठिक छ कि छैन ? फ्युचर ठिक हुन्छ कि हुँदैन ? भनेर सोच विचार गरिन्छ । त्यसैगरी, सेयर किन्दा पनि हामीले धेरै कुरामा ध्यान दिनु आवश्यक छ । कम्पनीको डिभिडेन्ड कसरी दिएको छ ? कम्पनीको पर्फमेन्स मार्केटमा गुडविल छ कि छैन इपिएस कत्तिको छ । यस्ता कुरामाध्यानदिन सकियो भने कहिले पनि सेयर बजारमालगानीगर्दा फसिँदैन । हामी के गर्छौ भने बोनस र राइट सेयर पाएपछि १० तला बाट पनिहामफाल्नतयार छौं । यो बास्तवमागलतहो । अन्तर्राष्ट्रिय मार्केटमा के छ भने । अलिविकसित राष्ट्रमा अमेरिका, जापान र युरोपमाकुनै कम्पनीले राइट सेयर र बोनस सेयर दिन्छ भने त्यो कम्पनीमाथि संंका गर्छन । समथिङ इज रङ । उनीहरु बोनस सेयरको कुरा गर्दा बिच्किन्छन् । राइट सेयरको त कुरै नगरौं बोनस सेयरको कुरा गर्दा पनि डराउँछन् । लगानीकर्ताहरु सोच्छन् किकम्पनीले हाम्रो पैसा लिएर के गरिरहेको छ ?भनेर सोच्ने गर्छन् ।

तपाईंहरु सेयर लगानीकर्ताले १९ बुँदे माग राख्नुभएको छ सरकारसँग सेयर बजारको समाधानको विषयमा । समस्या समाधानमा कत्तिको चासो दिएको पाउनु भएको छ ? भर्खरै तपाईंहरुले अर्थमन्त्रीसँग पनि भेट गर्नुभयो । भेट गर्दा गाली पनि खानु भयो भन्ने सुनिन्छ नी ?
एउटा अचानक बाढी आयो सप्लाईमा । त्यो सप्लाइलाई सल्भ गर्ने भनेको माग क्रियट भायो । त्यो माग क्रियट गर्ने बीमा समिति, नेप्से, राष्ट्र बैंक, सेवोन, अर्थमन्त्रालय, सरकार र सरोकारवाले मिलेर हो । उहाँहरुले आफ्नो कर्तव्य पूरा नगर्दा यस्तो अवस्था आयो सेयर बजारमा । जस्तै, अनलाइन सुरु गर्ने कुरा भयो । कमर्सियल बैंकहरुले कारोबार सुरु गर्ने भनेको सेवा सुरु नगरेको कुरा भयो । एनआरएन भित्र्याउने । नयाँ ब्रोकरलाई लाइसेन्स दिने कुरा थियो । कमिसन रेट कम गर्ने लगायतका माग थियो । ती विषयहरुलाई समेटेर १९ बुँदे माग बनाएका हौं । त्यो मागबाट आज पनि हामी पछि हटेका छैनौं । हाम्रो माग कायम छ अहिले पनि । सरकारले राम्रोसँग काम गरिद्योस भनेर हामीले दवाबमूलक कार्यक्रम गरेका हौं । अहिले उक्त माग पेन्डिङमा छ । त्यो पेन्डिङ गर्नुको कारण हामीलाई अर्थमन्त्रीले वार्ताको लागि बोलाउछु भन्नुभएको थियो । उहाँले नबोलाएपछि हामी ब्रोकरहरुको समूह अर्थमन्त्रीलाई भेट्न गयौं । ब्रोकरहरुको प्रश्न उल्टो पर्यो । उहाँहरुले भन्नुभयो कि तपाईंको भनाईले गर्दा सेयरबजार आज धेरै घटेको छ । त्यसो भनेपछि अर्थमन्त्रीले बजार बढ्नु घट्नु सरकारको काम होइन भन्नुभयो । किनकी हाम्रो प्रश्न गलत थियो । अर्थमन्त्रीले गाली गर्नुभएको होइन् । अर्थमन्त्रीले इस्युवेस कुरा लिएर आउनु भन्नुभयो । त्यो ठिकै हो ।

बीचमा अर्थमन्त्रीको एक दुई वक्तव्य आउँदा बजार सुधारियर आयो । त्यसैक्रममा बजार व्यवस्थि तगर्न सरकारलाई दवाब दिने भन्दै हामीले दवाबमूलक कार्यक्रमको आयोजना गर्यौं । हामी एउटा व्यापारी हो । हामी तोड्फोड गर्ने होहल्ला गर्ने लगायतका काम गर्दैनौं । मात्र सरकारलाई दवाब गर्न खोजेका हौं । दवाबमूलक काम गछौंभन्दा अर्को कुराको समस्या आउने देखियो । त्यहाँ राजनीतिक हस्तक्षेप हुने देखियो । राजनीतिक हस्तक्षेप भनेको जुनसुकै पार्टीका मान्छे आएर बोलिदिने लगायतका काम हुने देखिएपछि त्यो कार्यक्रममा सचेतना अपनाइएको हो ।

सेयर बजारमा लगानी गर्दा फाइदा वा घाटा जे पनि हुनसक्छ । त्यो नेचुरल प्रोसेस हो । तर, बजार घट्दा सरकारले जिम्मा लिनुपर्ने भन्ने भनाइहरु पनि देखिन्छ । यस्लाई कसरी लिनुहुन्छ ?
त्यो कम्प्लिट्ली गलत हो । जिम्मेवारी हामी सबै लागनीकर्ताले लिनुपर्छ । बजारमा हामी लगानीकर्ता पसेपछि त्यसको जिम्मा हाम्रो हो नि । सरकारले जिम्मा लिनुपर्छ भन्ने कुरा सरासर गलत हो । संसारमा कुनै पनि ठाँउमा त्यस्तो चलन छैन । सरकारले जिम्मा लिनु पनि पर्दैन । पुँजी बजारको चिरफार नगरी लगानी गरेपछि समस्या आउनु स्वाभाविक हो । जस्तो कमाई आफ्नो हो भने लस चाहीं अरुको हो भन्न हामीलाई नैतिकताले दिँदैन ।

सरकारको कमजोरी कहाँनेर छ भने गर्छु भनेको काम समयमा हुँदैन । पुँजी बजार भनेको संसारमा यस्तो सेन्सेटिभ बनिसकेको छ भने अर्थतन्त्र नै त्यसमा अडेको हुन्छ । काम गर्छु भन्ने । भइहाल्छ नि भन्ने । तर, वर्षसम्म पनि काम हुँदैन हामीकोमा । के छ भने सुपारी चपाउने तर काम नगर्ने सरकारी तरिका चल्दैन पुँजी बजारमा । यो कुनै पनि देशको डेभलपमेन्ट कस्तो छ भने अर्थतन्त्रलाई पढ्नलाई पुँजी बजारलाई हेरे पुग्छ । हामीले बादविवाद गर्नै पर्दैन । कुनै पनि देशको स्पाइनल कड हो पुँजी बजार भनेको । यो भन्दा पहिले प्रोडक्टिभ र अनप्रोडक्टिभबीच वादविवाद नै थिएन । मलाई यो पोलिटिकल इस्यु लाग्छ क्या । यस्मा विवाद गर्नै पर्दैन । अहिले अनौठो तरिकाले वादविवाद गर्नै नपर्ने हो । तेइस अर्बको सेयर बजारलाई १३ अर्बमा झारेर अहिले वामसरकारले वा प्रधानमन्त्रीले दुई अंकको अर्थतन्त्र विकास गर्छु भन्नु गलत हो । दुई वर्ष पछाडी फर्किएर फेरि त्यो स्थानमा जान्छौं भन्न सकिदैन नी । अर्थमन्त्रीले ल्याएको विचार जस्तो दुई स्टेप पछाडी गएर फेरि दुई स्टेप अगाडी जान गाह्रो छ । हामी सार्क कन्ट्रिमा पछाडी छौं सेयर बजारमा । म्यानमारमा याङगुन स्टक एक्सचेन्ज खोलेको जम्मा दुई वर्षमात्र भयो । सेयर बजारको राम्रो थालनी भएको । तर उनीहरु हामीभन्दा अगाडी छन् ।

अहिले बजारमा अत्याधिक सप्लाई भयो र डिमान्ड कम भयो भनिएको छ । यो सप्लाई र डिमान्डलाई सन्तुलनमा ल्याउनको लागि के गर्नुपर्छ ? साथै, यहाँले लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ?
एक नम्बरमा त अनलाइन प्रणाली चाँडै ल्याउनुपर्छ । अनलाइनको सुरुवात भयो भने देशभरका लगानीकर्ताले अनलाइनमा हेरेर घरमा नै बसेर सेयर बजारमा बैंकको एकाउन्टबाट लगानी गर्न सक्छन् । त्यसमा ढिला गर्नुहुन्न । दुई नम्बरमा कमर्सियल बैंकको शाखाहरुलाई सेयर कारोबारको लाइसेन्स दिएर देशभरका सबै स्थानमा सेयर कारोबार गर्नसक्ने अवस्था ल्याउनुपर्छ । देशका ७७ जिल्लाबाट सेयरमा लगानी गर्न सकियो भने सप्लाई र डिमान्ड बराबरी हुन सक्छ । यो अर्थमन्त्रालय, राष्ट्र बैंक र सरकारले चाह्यो भने तत्काल गर्न सक्छ । नेपाल भरी देशको कुना काप्चामा बसेर जस्ले पनि लगानी गर्न सक्छ । नेपालमा हाल ५० ओटा ब्रोकर छन् टोटल्ली । त्यो पनि रिङरोड भित्र मात्र । त्यसमा पनि २० ओटा जतिले त कारोबार नै गर्दैन । राम्रोसँग कारोबार गर्ने ब्रोकर भनेको ३० ओटा जति मात्र छ । पुतलीसडक, अनामनगर, मैतीदेवी लगायतका क्षेत्रमा मात्र ब्रोकर खुलेका छन् । रिङरोडभन्दा बाहिर कति धेरै जनसंख्यामा मानिसहरु बसोबास गर्छन् । सेयर हब भनेको बागबजार, पुतलीसडक, इन्द्रचोक अनामनगर यति मात्र हो ।

अचम्म छ हामीसँग मोनोपोली छ ब्रोकरहरुको । हामी नाफा खाँदा त पैसा तिछौं तर घाटा खाँदा पनि महँगो पैसा तिर्न बाध्य छौं । हामीसँग त्यो बाहेक केही उपाए नै छैन । संसारमा कहीं नभएको चलन हो यो । मोनोपोली हटायर प्रतिस्पर्धा लागु गर्न सकियो भने सेयर बजारको दिगो विकास हुन्छ । ब्रोकरको एकाधिकार तोडिन सक्छ । काठमाडौं उपत्यकाभित्र नयाँ ब्रोकरलाई पनि स्थान दिनुपर्छ । नेप्से, सेवोनले यो पनि सोच्नुपर्छ यसमा गम्भीर भएर । यदी कसैले लगानी गरेर पूरानो ब्रोकरलाई मात्र किन दिने । हामी त्यो ब्रोकरको अधिनमा बसेर काम गर्नुपर्ने ? ब्रोकरको अधिनमा बसेर लगानी गर्नुपर्ने ? साच्चै भन्ने हो भने सेवन, नेप्सेको बदमासी हो यो । खुला छाडिदिनु पर्यो नि । सम्पूर्ण सेयर बजारलाई ५० ओटा ब्रोकरको अधिनमा छाडेर हुँदैन । राम्रो हैन यो । अहिले पनि के सुनिरहेको छु भने चार ओटा ब्रोकरलाई ब्रान्चको रुपमा दिने र उनीहरुले सम्पूर्ण कम्पनीलाई वितरण गर्ने भन्ने सुनेको छु । नेपालको कमिसन त अहिले सार्कको मात्र हैन एसियाकै महँगो छ । कमिसन शुन्य दशमलव २५ प्रतिशत मात्र गर्नुपर्छ । किनकि कमिसन घटाउँदा ब्रोकरलाई नै फाइदा हुन्छ किनभने ट्रान्जेक्सन बढेर गयो । पच्चिस ओटा ब्रोकरबाट ५० भयो अब त्यसलाई पनि बढाउनुपर्छ भन्ने लाग्छ मलाई । यसले पुँजी बजार राम्रोसँग सञ्चालन हुन्छ ।

Advertisement

Advertisement

Advertisement