कैलाली उद्योग बाणिज्य संघको नेतृत्वको कुँवर प्यानलद्धारा उम्मेदवारी घोषणा

Advertisement

कैलालीः यहि वैशाख २२ गते हुने कैलाली उद्योग बाणिज्य संघको चुनावका लागि बर्तमान कोषाध्यक्ष पुष्पराज कुँवरको प्यानल उम्मेदवारी घोषणा भएको छ ।

‘ब्यावसायिक एकता र आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ कुँवरको प्यानलले उम्मेदवारी घोषणा भएको हो । कुँवर नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, बाणिज्य उपाध्यक्षमा गगन केसी, वस्तुगत उपाध्यक्षमा शिव कुँवर, महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिव सिद्धराज पनेरु, मनोज अग्रवाल, केशवराज जोशी, टोपबहादुर केसी, शिव सापकोटा, मिलन कुँवर, तिलक खतिवडा, सुरेन्द्र बोहरा, लक्ष्मण राज पन्त र धनबहादुर चौधरी रहेका छन् ।

यस प्यानललाई निवर्तमान अध्यक्ष कर्ण कुँवर, पूर्वअध्यक्षहरु गोपाल हमाल र दिनेशराज भण्डारी लगायतको समर्थन रहेको रहेको जनाइएको छ । अर्को समूहबाट वर्तमान महासचिव रुपेश स्वाँरको प्यानलले उम्मेदवारी दिने चर्चा छ ।

Advertisement

Advertisement

Advertisement