त्रिभुवन विमानस्थलबाट फेरि ६० तोला अवैध सुन बरामद

Advertisement

काठमाडौंः नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीवार ६० तोला अवैध सुन बरामद भएको छ । आज विहान फ्लाई दुबई एयरलाइन्सको विमानबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ठूलो परिणामको सुन बरामद भएको हो ।

ठुलो मात्रामा सुन अवैध सुन भेटिएपछि विमानस्थलका प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले घटनामा थप अनुसन्धान भइरहेको बताए । उनले सुन तस्करीमा एउटा गिरोहनै संलग्न रहेको हुनसक्ने बताए । प्रहरीले तस्कर भारतीयलाई भन्सार चेकजाँच भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चन्दले यत्रो ठुलो परिणामको सुन भित्रिँदा पनि प्रहरीले थाहा नपाउनुले विमानस्थलका कर्मचारीमाथि संका उत्पन्न भएको बताए । पक्राउ गरिएको सुनको तौल छ सय ९९ ग्राम रहेको उनले बताए ।

जुत्तामा लुकाएर भित्र्याइएको उक्त परिमाणको सुनको मूल्य आजको बजार भाउ अनुसार ३५ लाख ५३ हजार रुपियाँ पर्छ । तस्करले त्रिभुवन विमास्थलको भन्सार छलेर भित्रिएकाले घटनामाथि गम्भीर रुपमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement