गण्डकी बिकास बैंकले खोल्यो एकै दिनमा आठ शाखा

Advertisement

काठमाडौंः गण्डकी विकास बैंकले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौंको नयाँ बानेश्वर छन ।

यससँगै बैंकका ५९ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान गर्नेछ । नयाँ शाखाहरुबाट निपेक्ष संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, ईसीसी ,आईपीएस, सीएएसबीए, मोबाइल बैकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैकिङ सेवा संचालन गरिने बैंकले जनाएको छ ।

साथै, बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्ध लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
सो बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधीन छन् । यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिइएको छ ।

Advertisement

Advertisement

Advertisement