हिमालय एयरलाइन्सले बार्षिकोत्सवको अवसरमा गर्यो बालबालिकाको अध्ययनमा सहयोग

Advertisement

काठमाडौंः निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडान सेवा हिमालय एयरलाइन्सले नयाँ बर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा ‘प्रयास नेपाल’ नामक संस्थालाई सहयोग गरेको छ । कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सो संस्थालाई सहयोग प्रदान गरेको जनाएको छ ।

प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६ का लागि माग गरेअनुसार संस्थामा आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापी तथा भान्छामा प्रयोग हुने सामग्रीहरु एयरलाइन्सले प्रदान गरेको हो । कम्पनीका प्रतिनिधिहरूले बैशाख २ गते आइतबार बालुवाटारस्थित प्रयास नेपालको कार्यालयमा गएर बालबालिका तथा संस्थाका अधिकारीहरूसँग भेटघाट तथा अन्तक्र्रिया गरेको थियो ।

कार्यक्रममा एअरलाइन्सका ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले भनिन, ‘हिमालय एअरलाइन्सले प्रयास नेपालसँग सहकार्य गर्न पाउँदा निकै खुशी र गौरवान्वित महशुस गरेको छ । हाम्रो सानो सहायताले प्रयास नेपालमा आश्रित बालबालिकालाई प्रोत्साहित र सशक्त गर्दै भविष्यमा आत्मविश्वासी, तथा स्वस्थ बनाउन सहयोग पुग्ने हामीले आशा लिएका छौं ।’

उनले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालन पोषण दिने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने बताइन । प्रयास नेपाल सन् २००३ मा स्थापित गरिब, अनाथ तथा अपाङ्ग बालबालिकाहरूलाई पालन–पोषण गर्ने सामाजिक संस्था हो ।

नेपाल–चीन संयुक्त लगानीमा सनृ २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्सले आफ्ना तीन वटा ए३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा आठ र इकोनोमिक क्लासमा १५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम उडानहरु सञ्चालन गरेको छ ।

एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा गत अक्टोबर २८ मा आयोजित दक्षिण एसियाली ट्राभल अवार्ड (साटा), २०१७ मा “दक्षिण एसियाको प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” अवार्ड प्राप्त गरिएको छ ।

Advertisement

Advertisement

Advertisement