ओम डेभलपमेन्ट बैंकको शाखारहित सेवा घान्द्रुकमा

Advertisement

काठमाडौंः ओम डेभलपमेन्ट बैंकले कास्कीको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । अन्नपूर्ण गांउपालिकाका अध्यक्ष युवराज कुंवरले एक विद्यालयका बिद्यार्थीलाई छात्राबृत्ती दिँदै बैंकले घान्द्रुकमा शाखा रहित सेवाको सुरु गरेको हो ।

बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले शाखा रहित बैंकिङ सेवा शुरु गरिएको बैंकले जनाएको छ । यसबाट बैंकिङ सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने बैंकको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन दुई लाख रुपियाँसम्म निक्षेप जम्मा गर्न, एक लाख रुपियाँसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ ।

बैंकका सञ्चालक राजेन्द्र कुमार बाटाजुले ओमको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । बैंकले चैत मसान्तसम्म १९ अर्ब १२ करोड रुपियाँ निक्षेप संकलन गरी १७ अर्ब नौ करोड रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement