डिजिटल कारोबारमा अंकुश लगाउन होइन, व्यवस्थित गर्न खोजिएको होः राष्ट्र बैंक

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले पैसाको कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन बैंकको डिजिटल कारोबारमा सीमा तोकिएको जिकिर गरेको छ । राष्ट्र बैंकले ग्राहकहरुलाई भरपर्दो कारोबारमा संलग्न गराउन गरिएको भन्दै यसमा अंकुश लगाउन नखोजिएको दावी गरेको हो ।

सम्पूर्ण बैंकहरुले आफ्नै तरिकाले चलाएको डिजिटल कारोबारलाई व्यवस्थित गर्दै ग्राहकहरुलाई ठगिनबाट जोगाउनको लागि डिजिटल सेवामा केही अंकुश लगाइएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनलाइन पेमेन्ट सेवा विभागका निर्देशक रेवतीप्रसाद नेपालले बजारलाई व्यवस्थित गर्न र एकरुपता ल्याउनको लागि राष्ट्र बैंकले बाध्य भएर नयाँ नियम लागू गरेको बताए । उनले मार्केटमा अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्दै स्वस्थ प्रतिस्पर्धालाई उत्साहित गर्न डिजिटल कारोबारमा थोरै सीमा तोकिएको स्वीकार गरे ।

नेपालले डिजिटल कारोबार अनियमित भएर नभई यसलाई व्यवस्थित तरिकाले सञ्चालन गराउनको लागि राष्ट्र बैंकले उचित समयमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले एउटा बैंकको एटीएमले अर्को बैंकबाट पैसा झिक्दा ग्राहक अनावश्यक शुल्क तिर्न बाध्य रहेकाले त्यसलाई रोक्दै ग्राहकलाई कारोबार गर्दा सुरक्षित अनुभूति दिलाउन खोजिएको बताए ।

डिजिटल कारोबारमा सीमा तोक्दा आधुनिक प्रविधिमा रोक नलागी बरु यसमा वृद्दि हुने राष्ट्र बैंकको दाबी छ । प्रविधिलाई खुम्च्याएको नभई सबैलाई नियमभित्र रहनलाई दिइएको सुझाव भएको नेपालको भनाई छ ।

बैंकहरुले डिजिटल कारोबारमा विगतदेखि बढी नाफा कमाउँदै आएकोमा अहिले एक्कासी यस्तो नियम ल्याउँदा अलि समस्या आएको जस्तो भए पनि दिर्घकालिन रुपमा बैंक वित्तीय संस्थाहरुलाई नै यसले फाइदा पुग्ने उनले बताए ।

तर, डिजिटल कारोबार व्यवसायीहरुले भने राष्ट्र बैंकले आर्थिक कारोबारमा चेकको सिस्टमलाई प्रोत्साहन गर्दै ढुङगे युगमा जाने सोचाई बनाएको भन्दै आलोचना गरेका छन् । राष्ट्र बैंकले हाल डिजिटल कारोबारमार्फत एक पटकमा पाँच हजार रुपियाँसम्मको कारोबार र दिनमा १० रुपियाँको मात्र कारोबार गर्न मिल्ने नियम ल्याएको छ ।

राष्ट्र बैंकका अनुसार एटीएम, मोबाइल बैंकिङ, डेविड क्रेडिट कार्ड लगायतका डिजिटल कारोबारले ग्राहकलाई असुक्षित, अव्यवस्थित, असहजका साथै अनावश्यक शुल्क तिर्न बाध्य थिए ।

Advertisement

Advertisement

Advertisement