स्वयम्भुबाट पक्राउ परेका मनाङे डिल्लीबजार कारगार चलान

Advertisement

काठमाडौंः प्रहरीले हिजो राति पक्राउ गरेको गुण्डा नाइके दीपक मनाङेलाई अदालतले तोकेको पाँच वर्षको जेल समय भुक्तानको लागि डिल्लीबजार कारगारमा चलन गरेको छ ।

प्रहरीले फरार रहेका उनलाई विहीवार स्वयम्भु यरियाबाट पक्राउ गरेको हो । मनाङबाट स्वतन्त्र उम्मेद्वार बन्दै प्रदेश सभामा विजयी भएका उनी प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए ।

मनाङेलाई २०६१ वैशाख ३१ गते महाराजगंजको एक होटलमा अर्का गुण्डा नाइके चक्रे मिलनको बायाँ हातमा हतियार प्रहार गरेको आरोपमा पुनरावेदन अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

उनले यसअघि दुई वर्ष जेल सजाय भुक्तान गरिसकेका छन् भने अब तीन वर्षको समय जेल सजाय भोग्न पर्ने छ । मनाङले २०७८ साल वैशाख छ गतेसम्म कैद सजाय भुक्तान गर्ने पर्ने प्रहरीले बताएको छ ।

प्रहरीले बताएअनुसार मनाङे पछिल्लो समयमा प्रहरीको आँखा छल्दै देशकै विभिन्न स्थानहरुमा लुक्दै हिँडिरहेका थिए । उनी हेटौंडा, नुवाकोट र धादिङ लगायतका स्थानमा लुकिरहेका बताइएको छ ।

Advertisement

Advertisement

Advertisement