आवको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकको मुनाफा एक अर्बमाथि

Advertisement

काठमाडौंः सिद्धार्थ बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनामा २८ दशमलव २ प्रतिशतले वृद्दि गरेको छ । बैकले आवको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड ५१ लाख रुपियाँ कमाएको हो ।

बैंकले अघिल्लो आवको सोही अवधिमा ९५ करोड ७० लाख रुपियाँ मुनाफा गरेको थियो । चुक्ता पँुजीमा ५२ दशमलव ५९ प्रतिशतले वृद्धि गर्दै पाँच अर्ब २५ करोड आठ लाख रुपियाँबाट सात अर्ब एक करोड २१ लाख रुपियाँ पुर्याएको छ ।

बैंकको जगेडा कोषमा तीन अर्ब ६० करोड १५ लाख रुपियाँ रहेको जनाएको छ । साथै, निक्षेप खातामा ९० अर्ब ४० करोड १९ रुपियाँ संकलन गरेको छ । यस्तै बैंकले कर्जामा ७९ अर्ब ८८ करोड आठ लाख रुपियाँ लगानी गरेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement