दिल्लीको घरेलु मैदानमा सन्दिपको डेब्यु सम्भावना, दिल्लीले गर्यो प्रशंसा

Advertisement

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगितामा दिल्ली डेयरडेभिल्स घरेलु मैदानमा पहिलो खेल भोलि (शनिवार) रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्धको खेल खेल्दै छ । उक्त खेलमा नेपालका युवा स्पिनर सन्दिप लामिछाने मैदान उत्रन सक्ने उच्च सम्भावना रहेको दिल्लीको आधिकारीक वेधसाइटले उल्लेख गरेको छ ।

वेभसाइटमा भनिएको छ ‘अहिलेसम्म अवे मैदानका खेलमा जे भयो भयो तर, अब घरेलु मैदानमा दिल्ली राम्रो खेल प्रदर्शन गर्न आतुर छ । यी युवा खेलाडी सन्दिप फिट छन् ।’ दिल्लीले टोलीमा भएका तीन स्पिनरमध्यबाट सन्दिपलाई मैदान उर्तान एक महत्वपुर्ण मौका खोजिरहेको उल्लेख गरिएको छ । जुन मौका भोली ब्याङलोरविरुद्धको खेल हुनसक्छ ।

दिल्लीको घरेलु मैदान स्पिनरहरुका लागि उत्कृष्ट भएकाले टोलीमा रहेका तीन स्पिनरको सम्भावना अधिक रहेको र सन्दिप अग्रस्थानमा रहेको पनि उल्लेख गरिएको छ । वेभसाइटले विगताम उक्त मैदानमा स्पिनरले पाएको सफलतालाई स्मरण गर्दै सन्दिपको थप चर्चा गरेको छ ।

लामिछानेको प्रसंसा गर्दै भनिएको छ ‘यस बलरको सानदार रेर्कड देख्दा यस्तो लाग्छ कि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा उनले जादु देखाउन सक्छन् ।’ साथै, उनको करियरको ग्राफ सम्बन्धि चर्चा गरिएको छ ।

सन्दिपलाई माइकल क्लार्कले अष्ट्रेलियामा लगेर प्रशिक्षण दिइएको र सन्दिपको प्रतिभा देखेर क्लार्क अत्याधिक प्रभावित भएको उल्लेख गरिएको छ । क्लार्कले सन्दिपलाई सिडनीको आफ्नै क्लबमा लगेर प्रशिक्षण दिएको भनिएको छ ।

Advertisement

Advertisement

Advertisement