बैशाख अन्त्यमा मेगा र टुरिजमको एकीकृत कारोबार, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Advertisement

काठमाडौंः लामो समयदेखि प्रतिक्षामा रहेको मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । टुरिजम डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत महेश ढकालले यही बैंशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि अन्तिम स्वीकृति मिलेको बताए ।

मर्जरको लागि भन्दै मेगा बैंकले अन्य बैंकहरुसँग कारोबार रोक्का गरेको धेरै समय भइसकेको छ । मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम बैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

मर्जर प्रक्रियाका लागि दुवै बैंकको शेयर कारोबार २०७३ माघ ९ गतेदेखि अहिलेसम्म रोकिएको छ । मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकबीच स्वाप रेसियो १०० बराबर ९५ तय गर्ने तत्काल निर्णय गरिएको भएपनि हालसम्म स्वाप रेसिया कति हो ? भन्ने बाहिर आउन सकेको छैन्।

मेगाको प्रतिशेयर मूल्य एक सय रुपियाँको तुलनामा टुरिजम बैंकको ९५ रुपियाँ कायम गरेर मर्जरमा जाने निर्णय भएको हो। हकप्रद शेयरसहित मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड रुपियाँ पुगेको छ । टुरिजम बैंकको दुई अर्ब एक करोड रुपियाँ पूँजी छ । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपियाँ कायम हुनेछ ।

Advertisement

Advertisement

Advertisement