खिम्तीदेखि काठमाडौंसम्म २५०० मेगावाट क्षमताको प्रसारण लाइन निर्माण शुरु

Advertisement

काठमाडौंः माथिल्लो तामाकोशीको चार सय ५६ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुने समय नजिकिँदै गर्दा खिम्ती काठमाडौं प्रसारण लाइन निर्माण कार्य शुरु भएको छ । माथिल्लो तामाकोशीबाट उवव्त्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोड्नलाई दुई हजार ५०० मेगावाट क्षमताको प्रसारण लाइन निर्माण शुरु गरिएको हो ।

खिम्ती बाह्रबीसे–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइनको ठेक्का सम्झौता भइसकेको छ । जसमा खिम्तीदेखि बाह्रबीसेसम्मको प्रसारण लाइन निर्माणको जिम्मा ठेक्का चिनियाँ कम्पनी ग्वाङ्सी सेन्जेन जेभीले दुइ अर्ब रुपियाँमा सम्झौता गरेको छ ।

माथिल्लो तामाकोशीको चार सय ५६ मेगावाटसहित तामाकोशी करिडोर, रामेछाप एक सय २ मेगावाटको मध्यभोटेकोशी र बलेफी करिडोरमा उत्पादन भएको विद्युत्त यो प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

बाह्रबीसेमा सब–स्टेशनसमेत चिनियाँ कम्पनीले निर्माण गर्नेछ । त्यस्तै बाह्रबीसेदेखि लप्सेफेदीसम्मको प्रसारण लाइन निर्माणको जिम्मा भारतीय लार्सन एण्ड टर्बो कम्पनीलाई दुई अर्ब २२ करोडमा दिइएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement