माथिल्लो सेतीको विद्युत खरिद गर्न प्राधिकरण र तनहुँ हाइड्रोबीच प्रारम्भिक पीपीए

Advertisement

काठमाडौंः तनहुँ हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच १४० मेगावाटको जलाशययुक्त विद्युत आयोजना माथिल्लो सेती जलविद्युत आयोजनाको प्रारम्भिक विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

सम्झौतापत्रमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीप थिकेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्राधिकरणले सुख्खा याममा प्रतियुनिट १२ रुपियाँ ४० पैसा र बर्खामा छ रुपियाँ १० का दरले विद्युत खरिद गर्नेछ । पीपीएलाई प्राधिकरण सञ्चालक समितिले अनुमोदन गर्नुपर्नेछ ।

तनहुँ हाइड्रो प्राधिकरणकै सहायक कम्पनी हो । एसियाली विकास बैंकको समेत ऋण सहयोगमा निर्माण गर्न लागिएको यस आयोजनामा जग्गा अधिग्रहणको अधिकांश काम सकिएर निर्माको तयारीमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement