अबको बजेटमा कर नीतिको सुधारः अर्थमन्त्री

Advertisement

वीरगञ्जः अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने जिकिर गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले शनिबार आयोजना गरेको राजश्व नीति तथा कार्यक्रम बारेको छलफल खतिवडाले उक्त कुरा बताएका हुन ।

उनले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आव २०७५/७६ को बजेटमा प्राथमिकता दिइने बताए ।

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पुर्याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पुर्याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए ।

खतिवडाले यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने बताए । उनले खोस्टा भएका पुराना भारतीय रुपियाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताए ।

Advertisement

Advertisement

Advertisement