आणविक हतियार र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने उत्तर कोरियाको ऐतिहासिक घोषणा

Advertisement

पेन्गुइनः उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । यद्यपि यो घोषणा उसँग भएका हतियार नष्ट गर्ने भन्ने चाहीं होइन ।

विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताएका छन् ।

सत्तारुढ दलको एउटा विशेष बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ । उनको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान छ ।

नेता उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउँदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् । शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताए ।

क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् । चीनको भ्रमणपछि उत्तर कोरियाको राजनीतिमा एकाएक परिवर्तनहरु देखा परेका हुन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।” ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गरेका छन् ।

ट्रम्पले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताएको सञ्चार माध्यमहरुले लेखेका छन् । ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement