कुमरोजमा १० करोड लगानीमा ‘वनवास’ बन्दै

Advertisement

रत्ननगरः चितवनको कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माणको क्रम शुरु भएको छ । एक जना संरक्षणकर्मी वासु ढुंगानाले करिब रु १० करोडको लगानीमा खैरहनी नगरपालिका–१३ कुमरोजको इचर्नीमा अहिले होटल ‘वनवास’ निर्माण गर्दै छन् ।

साना होटल भए पनि ठूलो लगानीका होटल यहाँ थिएनन् । पर्यटक आकर्षित भएसँगै व्यवसायीसमेत ठूला लगानीका होटल खोल्न आकर्षित भएका हुन् । सन् २०१८ भित्रैमा सञ्चालनमा ल्याउने गरी निर्माण हुँदै गरेको होटल वातावरणमैत्री, स्थानीय कलासंस्कृति झल्कने खालको र कलात्मक हुने सञ्चालक ढुंगानाले बताए ।

तीन जनाको लगानीमा ३२ कोठा रहनेगरी उक्त होटल निर्माणको काम करिब ५० प्रतिशत सकिएको छ । निर्माणका क्रममा हेर्दा थारुहरुकै पुरानो घरको शैलीमा टाँडे घर, छाना काठ र टायल९खपडा० प्रयोग गरिएको छ । हरेक कोठा एकतलाका छन् ।

बाढी र वन्यजन्तु आउँदासमेत असर नगर्ने र भूकम्प प्रतिरोधी, अपांगमैत्री घर बनाइएको ढुंगाना बताउनुहुन्छ । तीन बिगाहा क्षेत्रफलमा बन्दै गरेको उक्त होटलमा चराचुरुंगीको समेत राम्रो बासस्थान बनाउने योजना रहेको छ । पाँच–छ वर्ष अघिदेखि नै रुखबिरुवा रोपेर जंगल बनाइएपछि अहिले होटलको काम शुरु गरिएको हो ।

चराहरुले खान मनपराउने फलपूmलका बिरुवा लगाइएको छ । चितवनको सौराहाभन्दा पाँच किलोमिटर पूर्वीक्षेत्रमा पर्ने कुमरोजमा करोडौं लगानीमा होटल निर्माणको क्रम धमाधम शुरु भएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार पछिले समयमा कुमरोज सौराहापछिको आकर्षक पर्यटकीय क्षेत्र बन्दै गएको छ । त्यसैले सौराहाका सुविधायुक्त होटलकै तुलनामा यहाँ होटल रिसोर्टको निर्माण कार्य तीव्र भएको हो । हाल यहाँ होमस्टेमा पर्यटक बस्छन् ।

गुरुङका अनुसार कुमरोजको सिम्रेनीमा पनि होटल निर्माणको काम शुरु भएकाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने छ । कुमरोजमा हाल जिप सफारी, हात्ती सफारी, डुंगा सफारी तथा पैदल वाक गरेर पर्यटक गैंडा र बाघलगायत जंगली जनावर हेर्ने गर्छन् ।

Advertisement

Advertisement

Advertisement