डेब्युको प्रतिक्षामा दिल्लीको बेन्चमा बसेका नेपाली स्पिनर

Advertisement

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार हार ब्यहोरीरहेको दिल्ली डेयरडेभिल्सको बेन्चमा रहेका प्रतिभावान युवा नेपाली खेलाडी सन्दिप लामिछाने भने प्रतियोगितामा आफ्नो डेब्युको पर्खाईमा छन् । उनले नेपालका लागि छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफुलाई उच्च दर्जाको खेलाडी भएको प्रमाणित गरेका छन् ।

तर, सन्दिप मैदान उत्रिएर भटाभट् विकेट लिएको हेर्न लाखौं नेपाली क्रिकेट सर्मथक दिल्लीका प्रत्येक खेलमा आँखा लगाउछन् । सन्दिपले दिल्लीले खेलेका यसअघिका चार खेलमा मैदान उत्रन पाएनन् । टोलीमा उनीभन्दा राम्रा र अनुभवी तथा अलराउण्डर खेलाडी भएकाले सन्दिपले मौका नपाएका हुन् ।

विदेशी खेलाडीको सूचिमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, जासन रोय, ड्यानियल क्रिस्टेन ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता नाम चलेका खेलाडी रहनु हो । अहिलेसम्म दिल्लीले खेलेका चार खेलमध्ये एकमा मात्र जित निकालेको छ । यसको मुख्य कारण दिल्लीको बलिङमा गम्भिर कमजोरी रहनु हो ।

आज (शनिवार) टोलीले रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्ध आफ्नै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । उक्त खेल राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

आजको खेलमा सन्दिप लामिछाने टोलीमा पर्न सक्ने उच्च सम्भावना छ । त्यसको कारण विदेशी खेलाडी खेल्मा चल्न नसक्नुले सन्दिपको डेब्यु सम्भावना उच्च रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement