आफ्ना मेयरमाथि भएको आक्रमणको छानविन गरी दोषीलाई कारवाही गर्न मध्यपुर थिमीको माग

Advertisement

भक्तपुरः मध्यपुर थिमी नगरपालिका कार्यालयले सो नगरपालिकाका मेयर मदन श्रष्ठमाथि शनिबार अपारान्ह भएको साँघातिक आक्रमणको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

नगरपालिकाले विज्ञप्ति जारी गरी मेयर श्रेष्ठमाथि भएको नियोजित आक्रमणको भत्सर्ना गर्दै घटनामा संलग्न व्यक्ति तथा समूहको छानविन गरी पहिचान गर्न र दोषीलाई कारवाहीको माग गरेको छ ।

नगर प्रमुखमाथि भएको जस्तो आक्रमण भोलिका दिनमा अन्य पदाधिकारी र कर्मचारीमाथि पनि हुनसक्ने भन्दै नगरपालिकाले सरकारलाई शान्ति सुरक्षाको व्यवस्था गर्न आग्रह गरेको छ । स्टिलको रडबाट आक्रमण गरिएका श्रेष्ठको मध्यपुर ठिमीमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

आक्रमणकारीले मेयर श्रेष्ठलाई उनकै निवास परिसरमा आक्रमण गरी घाइते बनाउनुका साथै उनको गाडिसमेत तोडफोड गरेको थियो ।

Advertisement

Advertisement

Advertisement