पैसाको अभावमा ठेकेदारले रोक्यो मेलम्ची आयोजनाको काम

Advertisement

काठमाडौंः दशैंसम्ममा काठमाडौंमा पानि ल्याउने उद्देश्यका साथ मेलम्चीको सुरुङ खन्ने काम पुर्ण रुपमा सकिए पनि अहिले काम रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाका काम पैसा नपाएको भन्दै ठेकेदारले रोकेका हुन् ।

तर, आयोजनाले भने ठेकेदारलाई दिनपर्ने सबै पैसा दिइएको बताएको छ । आयोजनाले सबै पैसा दिएपनि काम रोकिएकाले यसलाई कसरी अगाडी बढाउने भनेर छलफल हुने जनाइएको छ ।

खानेपानी आयोजनाको सुरुङको काम सकिए पनि सकिन पर्ने सम्पुण काम सकिएको छैन् । उक्त सुरुङको काम अहिलेसम्म तीन दशमलव छ किलोमिटर मात्र फिनिसिङ भएको छ । अझै सुरुङमा पानी पठाउनलाई राम्रोसँग ढलान गर्न पर्छ ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएको भन्दै काम रोकको हो । उसले आयोजनासँग एक अर्ब ६५ करोड रुपियाँ लिन पर्नेभन्दै आएको छ ।

मेलाम्ची आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले काम नसकिएसम्म पानी फर्काउन नसकिने बताए । उनले पैसा जम्मा गरेर काम सुरु गर्ने ठेकेदारले बताएको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा विनियोजित चार अर्ब रुपियाँ बजेट खर्च हुन सकेको छैन् ।

कामलाई अगाडी बढाउनलाई भन्दै ठेकेदार र आयोजनाबीच पटक पटक छलफल भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement