एनएमबी बैंकको सातौं हेरिटेज वाक सम्पन्न

Advertisement

काठमाडौंः एनएमबी बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक २०१८” आयोजना गरेको छ । बैंकले उक्त कार्यक्रमको आयोजना वैशाख ८ गते (शनिवार) मा गरेको हो ।

बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा “सातौ एनएमबि बैंक हेरिटेज वाक–२०१८” मनाएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको बैंकले जनाएको छ ।

“सातौ एनएमबि बैंक हेरिटेज वाक–२०१८” को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माभm गरेका छन् ।

Advertisement

Advertisement

Advertisement