सेयर बजारमा भ्याकुते गतिको सुधार, नेप्से एकै दिन ५० अंकले उक्लियो

Advertisement

काठमाडौंः गएको साताभरमा ११० अंकले सुधार आएको सेयर बजार परिसुचक नेप्से यो साताको पहिलो दिन आइतबार नै ५० अंकले उक्लिएको छ भने एक अर्ब १२ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

आज उत्पादनमूलक र अन्य समूहको सेयरमा सामान्य वृद्धि भए पनि बाँकी समूहको उपसुचकमा उत्साहजनक सुधार आएको छ । आज कुल १६७ वटा कम्पनीको कारोबार भएकोमा घाटा खाने कम्पनीको संख्या जम्मा १० वटा मात्रै छ ।

समूहगत कारोबारमा जलविद्युत, बीमा र लघुवित्त समूहको उपसुचक पाँच प्रतिशतभन्दा बढिले उचाई लिएको छ भने बाणिज्य बैंक, होटल, विकास बैंक, वित्त समूहको उपसुचक तीन प्रतिशतभन्दा बढिले उचालिएको छ ।

Advertisement

Advertisement

Advertisement