आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा मन्थलीमा

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो ३४औं शाखा रामेछापको मन्थलीमा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे । कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, यातायात व्यवसायी, बैंक, वित्तीय संस्थाका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिलगायत सहभागी थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएको बताए ।

Advertisement

Advertisement

Advertisement