पुलिस माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा

Advertisement

मंगलबारेः नेपाल पुलिस क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भारतको दुर्गापुर स्टील क्लब कोलकातालाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुलिसका लागि रेजिन सुब्बा, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । दुर्गापुरका लागि एक मात्र गोल सैगुनले गरेका थिए । नेपाल पुलिस क्लबका रेजिन सुब्बा खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

सोमबार आयोजक माइभ्याली फूटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच क्वाटरफाइनल खेल हुनेछ ।

Advertisement

Advertisement

Advertisement