कतारले हरेस खायो, अरब समस्या कुटनीतिक तरिकाले समाधान गर्न तयार

Advertisement

दोहा, कतारः अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्ट र कतारबीच केही समयदेखि जारी कुटनीतिक सङ्कटको समाधान गर्ने बिषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा यही जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने नयाँ मौका बन्ने बताएको कतारको एआई–शार्क नामक समाचारपत्रले जनाएको छ ।

अल हतेरलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले लेखेको छ, अहिलेसम्म चाहिने तहसम्मको कुनै समाधान देखेका छैनौँ तर रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको छ ।

अल खतेरले भने, “आगामी दिनमा खाडी मुलुकहरूले कस्तो प्रतिक्रिया जनाउने छन् अहिल्यै अनुमान गर्न सकिन्न ।” गत बिहीबार कतारको सैनाले गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो ।

सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए ।

कतारले आतङ्कवादलाई सघाएको तथा अरब समुदायको हित विपरित इरानसँग निकट बनेको लगायतका आरोप लगाउँदै उक्त निर्णय गरेका थिए । तर अरब मुलुकहरूले लगाएको उक्त आरोपको कतारले निरन्तर खण्डन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement