इजिलिङ्क र सानिमा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Advertisement

काठमाडौंः रेमिट्यान्स सेवा प्रदायक कम्पनी इजिलिङ्क रेमिट्यान्स र सानिमा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

इजिलिङ्कलका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर सालिक राम दाहाल र सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग प्रमुख निमेष श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विश्वका विभिन्न देशबाट इजिलिंक रेमिट्यान्समार्फत पठाएको रकम सानिमा बैंकका देशभरी रहेका ५८ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

इजिलिङ्कले विगत १९ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सो कम्पनीले सेवाग्राहीहरुलाई थप सहज र सुलभ सुविधा दिन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग रेमिट्यान्स भुक्तानी सम्झौतालार्इ तीव्रता दिएको जनाएको छ ।

इजिलिङ्क रेमिट्यान्सका सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाहेक मुलुकभर पाँच हजारभन्दा बढी एजेन्ट, सब–एजेन्ट रहेका छन् ।

Advertisement

Advertisement

Advertisement