खेतानको कारण संकटबाट गुज्रिएको एभरेष्ट इन्स्योरेन्सको वित्तीय अवस्था बल्ल सुध्रिँदै

Advertisement

काठमाडौंः मुख्य लगानीकर्ता राजेन्द्र खेतानले उघारो बीमा गरी आफ्नै उद्योगलाई चर्को क्षति मूल्यांकन गरी भुक्तानी दिएसँगै विवाद र संकटमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीले सोमबार आफ्नो २३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो वित्तीय अवस्थामा केही सुधार गरी लगानीकर्तालाई थोरै नाफासमेत दिनसक्ने भएको छ । सभाले गएको आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि छ लाख ६३ हजार रुपियाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बीमा क्षेत्रको नियामक बीमा समितिले एभरेष्ट इन्स्योरेन्सका प्रवद्र्धक खेतानले छ करोड रुपियाँ जालसाँची गरेर गठी गरेको भन्दै पक्राउ गर्न प्रहरी प्रशासनलाई पत्र ाचार गरेपछि उनी भूमिगत भएका थिए । सो अदालतमा रहेको मुद्दालाई खेतानले मिलाए पनि अझै सार्वजनिक कार्यक्रममा आफूलाई फेस गर्न सकेका छैनन् ।

खेतानले गरेको अनियमिततामा कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठसहित केहीलाई पक्राउ गरी कारवाहीसमेत गरिए पनि पैसा र पहुँचका आधारमा खेतान भने उन्मुक्त भएका थिए ।

साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयरपछि हुन आउने कुल चुक्ता पुँजीमा शेयरधनीहरुलाई एक बराबर एक दशमलव शुन्य पाँचको अनुपातमा हकप्रद शेयर जारी गर्ने र त्यसपछि कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई एक बराबर तीन अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल, एन्जिला विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement

Advertisement

Advertisement