सिसा उद्योगको स्थापना र हिमालमा रिर्सोट बनाउने योजनामा सरकार

Advertisement

काठमाडौंः लगानी र्बोडले देशमा सिसा उद्योगको स्थापना गर्नलाई संभाव्यता अध्ययन सुरु गरेको छ । आगामी र्बोड बठकमा र्बोडले उद्योग स्थापनाको लागि विभिन्न परामर्शदाता कम्पनी छनौट गर्नका लागि कार्यदिशा र एक्सप्रेसन अफ इन्ट्रेस्ट पेश गर्न लागेको हो ।

र्बोड बैठकमा पारित भएसँगै परामर्शदाता छनौट गर्नलाई सहज हुने लगानी र्बोडका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । उनले यस अघि गरिएको सम्भाव्यता अध्यनबाट बाग्मतीको बालुवामा पनि सिसाका कणहरु भेटिएको बताए । देशमै सिसा उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेको र र्बोडले अनुमति दिए पारमर्शदाता कम्पनी छनौट गरिने छ ।

साथै, अन्य नदिमा पनि सिसाको कण भए नभएको कम्पनीले अध्ययन गर्ने छ । प्रधानमन्त्री केपी ओली व्यस्त भएकाले र्बोडको बैठक बस्न नसकेकाले प्रक्रीया अगाडी बढ्न नसकेको वाग्लेले बताए । यस्तै लगानी र्बोडले हिमाली क्षेत्रमा सरकारी लगानीमा रिर्सोट बनाउनलाई पनि अध्ययन गरिरहेको छ ।

हिमाली भेगमा रिर्सोट बनाउनलाई कुनै पनि स्थानलाई नछानिएकाले अध्ययन पछि मात्र पक्का हुने उनले बताए । डोल्पाको से फोक्सुन्डो तालको नजिक पनि रिर्सोट निर्माण गर्ने र्बोडले योजना बनाएको छ । यसका लागि पनि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता कम्पनीको छनौट गरिनेछ ।

Advertisement

Advertisement

Advertisement