नेप्सेमा १५ अंकको गिरावट, फेरी झर्यो एक हजार चार सय अंक तल

Advertisement

काठमाडौंः विगत केही दिनदेखि सुधार हुँदै आएको सेयर बजार नेप्सेमा सोमवारदेखि ब्रेक लाग्ने क्रम सुरु भएको छ । आज मंगलवार नेप्सेमा १५ दशमलव ९९ अंकको गिरावट आउँदै एक हजार ३९४ दशमलव ८६ अंक कायम भएको छ ।

फेरी एक हजार चार सय अंक तल झरेको नेप्से कारोबारमा पनि सोमवारको तुलनामा कमि आएको छ । आज ७३ करोड ९२ लाख रुपियाँ बराबरका १७ कित्ता सेयर किनबेच भए । सोमबार एक अर्ब २९ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

१५ अंकको गिरावट आएसँगै फेरी परिसूचक एक हजार चार सय अंकभन्दा तल झरेको छ । सबै समूहको उपसूचकम गिरावट आएपनि व्यापार समूहमा भने दुई दशमलव ८७ अंकको सुधार देखिएको छ । सबैभन्दा बढी विकास बैंक २७ दशमलव ७९ अंकले घटेको छ ।

यस्तै बैंकिङ, होटल, लघुवित्त, जलविद्युत समूहमा दोहोरो अंकको गिरावट आएको छ । बाँमी समूहको गिरावट सोभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement