दूई नम्बर प्रदेश सरकारले ल्यायो तीन महिनाको लागि एक अर्बको बजेट

Advertisement

जनकपुरः प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्षको आगामी असार मशान्तसम्मलाई बजेट ल्याएको छ । प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले मैगलवार तीन महिनाको लागि एक अर्ब दुई करोड पाँच लाख रुपियाँको बजेट ल्याएका हुन् ।

बजेटसँगै अथमन्त्री यादवले विभिन्न विकासमुखी कार्यक्रम सुरुवातको घोषणा गरेका छन् । उनले बजेटमा किसानको हित सरकारको जित, मुख्यमन्त्री स्वच्छता अभियान, स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम, माछापालन कार्यक्रम, प्रतिष्ठान कोष स्थापना जस्ता कार्यक्रमको घोषणा गरेका छन् ।

साथै, कृषि, पर्यटन विकास, सिंचाई र रोजगारीका कार्यक्रममा पनि सरकारले विशेष ध्यान दिएको छ । मन्त्री यादवले बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनस्र्थापना गर्ने, उद्योग स्थापना, महिला हिंसा, बलात्कार, दाइजोप्रथा रोक्न, बोक्सी प्रथा रोक्ने खालको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

Advertisement

Advertisement

Advertisement