सिद्धार्थ इक्विटीको प्रतिइकाई खुद मूल्य नौ दशमलव ९८ रुपियाँ

Advertisement

काठमाडौंः सिद्धार्थ म्युचुअल फन्डको अर्को सामूहिक लगानी कोषमा १० वर्षीय सिद्धार्थ इक्विटी फन्डले गत चैत महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । इक्विटीको प्रतिवेदनमा प्रतिइकाई खुद मूल्य नौ रुापयाँ ९८ पैसा सार्वजनिक गरिएको छ ।

गत महिनामा सिद्धार्थ इक्विटीको प्रतिइकाई खुद मूल्य नौं रुापयाँ ९७ पैसा रहेको थियो । सामूहिक कोषले २० करोड ७६ लाख रुपियाँ बराबरको रकम विभिन्न ४५ कम्पनीमा दुई करोड १९ लाख रुपियाँ प्राथमिक निष्काशन, हकप्रद शेयर तथा बोनसमा लगानी गरेको छ ।

प्रतिवेदन अनुसार चैत महिनामा ३२ लाख पाँच हजार रुपिया घाटा रहेको थियो । यस्तै गत महिना इक्विटीको ५१ लाख रुपियाँभन्दा बढी घाटा रहेको थियो । सिद्धार्थ इक्विटीको चैत महिनाको जम्मा आम्दानीमा एक करोड ८१ रुपियाँ तथा खर्चमा दुई करोड १३ लाख रुपियाँ भएपछि ३२ लाख रुपियाँ घाटा देखिएको हो ।

लगानीको सबैभन्दा बढी नबिल बैंकको प्रमोटरको ७३ हजार एक कित्ताको पाँच करोड ८६ रुपियाँ बराबर लगानी रहेको छ । त्यस्तै सामूहिक लगानी कोषको सबैभन्दा धेरै नागरिक लगानी कोषले ११ हजार चार सय ४९ कित्ताको दर्ई करोड ८६ लाख रुपियाँ लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement