प्रदेश सरकारको काम थप प्रभावकारी बनाइने

Advertisement

धनगढीः प्रदेश नं ७ का मन्त्रालयका सचिव र सुशासन इकाई प्रमुखको आज यहाँ बसेको बैठकमा प्रदेश सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकले प्रचलित संवैधानिक÷कानूनी प्रावधानअनुरुप विषयगत मन्त्रालय/निकायले आफैँ सम्पादन गर्नुपर्ने वा अन्तर–निकाय समन्वयबाट सम्पादन गर्नुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन विषयवस्तुको पहिचान, कार्ययोजना सहितको कार्यसूची तयार गरी प्राथमिकताका साथ कार्यारम्भ गर्न क्रियाशील भई यससम्बन्धीको मासिक प्रतिवेदन नियमति रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने निर्णय भएको सो कार्यालयका प्रवक्ता बिसनसिंह थापाले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको अध्यक्षतामा बसेको सो बैठकले चालु आव २०७४/७५ को बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउने, मन्त्रालय÷निकायले स्वीकृत बजेट अनुरुपको योजना तथा कार्यक्रम प्रचलित कानून र मापदण्डको आधारमा मितव्ययिता, गुणस्तरीयता, पारदर्शिता एवं उत्तरदायित्व बहन गर्ने गरी सम्पादन गर्ने गराउने निर्णयसमेत गरेको छ ।

बैठकले स्थानीय तहमा सञ्चालन हुने योजना तथा कार्यक्रम सञ्चालन गर्दा आयोजनाको नाम, कार्यक्रमको नाम, सञ्चालन गर्ने निकाय, व्यक्ति, सञ्चालन हुने स्थान, लाभग्राहीको विवरण लागत सम्पन्न गर्नुपर्ने अवधिजस्ता विवरण राख्न स्थानीय तहलाई लिखित जानकारी दिने लगायतका निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement