भूकम्प प्रभावितका नाममा अमेरिकामा बस्दै आएका नौ हजार नेपाली फिर्ता हुने सम्भावना

Advertisement

काठमाडौंः अमेरिकाले आफ्नो देशमा अस्थायी रुपमा बसोबास गरी काम गर्दै आइरहेका करिब नौ हजार नेपाली नागरिकहरुको ‘टेम्प्रोररी प्रोटेक्स स्टाट्स’ (टीपीएस) नविकरण नगर्ने सम्भावना बढेको छ ।

उनीहरु भुकम्प प्रभावितको रुपमा अमेरिकामा अस्थायी रुपमा बस्दै श्रम गरिरहेका थिए । अमेरिकाले उक्त सुविधा नविकरण नगर्ने भएपछि त्याँहा रहेका नेपालीहरुले अरु सुविधा पाउनलाई निवेदन दिन पर्नेछ ।

यदी अन्य सुविधामा पनि बस्न नपाएमा उनीहरुलाई नेपाल फिर्ता पठाइनेछ । टीपीएस सुविधा नविकरण नभएमा अर्को १५ महिना भित्र टीपीएस सुविधा प्राप्त नेपालीले अर्को सुविधामा गइसक्न पर्ने हुन्छ ।

त्यस्तो नभए उनीहरुलाई स्वदेश फिर्ता गरिने समाचारमा उल्लेख गरिएको छ । तर, अहिलेसम्म टीपीएस सम्बन्धि निर्णय गर्ने आधिकारिक निकायले कुनै निर्णय गरेको छैन ।

तीन वर्षअघि नेपालमा गएको भूकम्प प्रभावितलाई ट्रम्प प्रसासन टीपीएस सुविधाको नविकरण नगर्ने पक्षमा रहेको अमेरिकाको चर्चित अनलाई समाचार साइट वासिंटन पोष्टले मंगलवार उल्लेख गरेको छ ।

साथै, उक्त सुविधामा अमेरिकामा अस्थायी रुपमा बस्दै आएको करिब नौ हजार नेपालीलाई डिपोर्टेशन (स्वदेश फिर्ता) गरिने पनि वासिंटन पोष्टले जनाएको छ ।

अमेरिकाले टीपीएस सुविधा पाएका नेपालीलाई देश छोड्न एक वर्षको समय दिइने र त्यसो नभए उनीहरुलाई देश निकाला गरिने जनाएको छ । तीन वर्ष अगाडी अमेरिकामा बस्न अस्थायी रुपमा नेपालीलाई दिइएको उक्त सुविधाको समय जुनमा सकिँदैछ ।

Advertisement

Advertisement

Advertisement