एसपी खनाल ३३ किलो सुन प्रकरणको आरोपमा पक्राउ

Advertisement

काठमाडौंः विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीको प्रकरणमा प्रहरी उपरीक्षक (एसपी) विकास खनाललाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्कर प्रकरणमा उनको नाम जोडिएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्नलाई पक्राउ गरेको हो ।

गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बरामद गरेको ३३ किलो सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्यापछि उनी पक्राउ परेका हुन् । यसहघि प्रहरीका उच्च अधिकारी डीआईजी गोविन्द निरौला र एसएसपी श्याम खत्री पनि सुन प्रकरणमा मुछिएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यलयमा कार्यरत खनाललाई काठमाडौंमा बोलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोप लागेका अर्का प्रहरीका उच्च अधिकारी डिएसपी सञ्जय राउतलाई पनि प्रहरीले खोजी रहेको छ ।

उपरिक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा मानव तस्करीमा संलग्न भएको आरोप पनि लागेको थियो ।

Advertisement

Advertisement

Advertisement