सेयर बजार ओरालो लाग्ने क्रम जारी

Advertisement

काठमाडौंः सेयर बजारमा लगातार तेस्रो दिन बुधबार पनि घटेको छ । सेयर बजार परिसुचक नेप्से आज आठ दशमलव ३९ अंकले घटेर एक हजार ३८६ दशमलव ४७ अंक कायम भयो ।

गएको साता सेयर बजारमा सुधार आएसँगै कारोबार एक अर्ब रुपियाँभन्दा माथि पुग्ने गरेकोमा सेयर घटन थालेपछि कारोबार पनि घटेर गएको छ । आज सेयर कारोबार ५६ करोड रुपियाँमा सीमित भयो ।

बुधवार अन्य समूहको उपसूचकबाहेक सबैमा गिरावट भएको छ । अन्य समूहमा शुन्य दशमलव ७२ अंकको सुधार देखिए पनि बीमा समूहमा ५७ दशमलव २७ अंकले, होटल समूहमा २८ दशमलव दशमलव ७६ अंकले, जलविद्युत २३ अंकले, लघुवित्त १८ दशमलव ३२ अंकले घटेको छ ।

Advertisement

Advertisement

Advertisement