प्रतिकुलताका बीच बैंकहरुको नाफा उत्साहजनक, ठूलो नाफा इन्भेष्टमेन्टको, प्रतिशतमा सेन्चुरी अगाडि

Advertisement

काठमाडौंः तरलता संकुचन र पुँजी वृद्धिको चाप हुँदाहुँदै पनि बाणिज्य बैंकहरुको नाफामा उत्साहजनक वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा केही वाणिज्य बैंकहरू नाफा अर्बभन्दा बढी पुगेको छ भने केहीको एक अर्ब नजिक रहेको छ ।

पुँजी वृद्धिको अनुपातमा नाफा कमाउन बैंकहरु दबाबमा रहेको र तरलताको समस्याले खुलेर लगानी गर्न नसक्दा पनि चालु आर्थिक बर्षको पहिलो नौ महिनामा उनीहरुको नाफा सन्तोषजनक देखिएको हो ।

यद्यपि बैंकहरुले नाफा कमाउन अस्वस्थ प्रतिस्पर्धा गरेको र ब्याज आफू खुशी वृद्धि गरेको आरोप भने खेप्दै आएका छन् । पछिल्लो वित्तीय विवरणअनुसार सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा छ भने प्रतिशतका हिसावले सेन्चुरी बैंकले सबैभन्दा बढि नाफा गरेका छन् ।

पहिलो नौ महिनामा इन्भेष्टमेन्ट बैंकको नाफा दुई अर्ब ८३ करोड ८४ लाख रुपियाँ पुगेको छ । उक्त बैंकको नाफा गर्न बर्षको सोही अवधिभन्दा १९ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै गत वर्षको तुलनामा सबैभन्दा बढी सेञ्चुरी बैंकले १०२ प्रतिशतले वृद्धि गरी ६३ करोड रुपियाँ नाफा गर्न सफल भएको छ ।

त्यस्तैगरी, नेपाल बैंकले दुई प्रतिशतले नाफा वृद्धि गरेर दुई अर्ब ५६ करोड रुपियाँ कमाएको छ भने एभरेष्ट बैंकले नाफामा १८ दशमलव १९ प्रतिशतले वृद्धि गरी एक अर्ब ८० करोड रुपियाँ, प्राइम बैंकले हिमालयन बैंकले करिव पाँच प्रतिशतले नाफा बढाएर एक अर्ब ६१ करोड रुपियाँ कमाएको छ ।

साथै, ग्लोबल आइएमई बैंकको नाफा दुई प्रतिशतले घटेर एक अर्ब ४४ करोड कायम भएको छ भने एनआइसी एसियाको नाफा साढे १८ प्रतिशतले घटेर ९२ करोड रुपियाँमा सीमित भएको छ ।

नेपाल एसबिआई बैंकको नाफा करिव २५ प्रतिशतले बढेर एक अर्ब ३७ करोड, सिद्धार्थ बैंकको २८ प्रतिशतले बढेर एक अर्ब २२ करोड, सानिमाको २७ प्रतिशतले बढेर एक अर्ब २० करोड, सिटिजन्सको १४ प्रतिशतले बढेर एक अर्ब पुगेको छ । लक्ष्मी बैंक, सनराइज बैंक, सेन्चुरीको नाफा एक अर्ब भन्दा केही कम छ ।

Advertisement

Advertisement

Advertisement