बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

Advertisement

कलैयाः यस वर्ष बारामा करीब दुई अर्ब रुपियाँ मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।

नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले एक अर्ब ९४ करोड ८८ लाख रुपियाँ बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

कलैयामा प्रतिक्विन्टल दुई हजार ४०० रुपियाँमा बिक्री भइरहेको छ ।

गत वर्ष ०७३/७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर दुई अर्ब २३ करोड १५ लाख ५० हजार रुपियाँ मूल्य बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

Advertisement

Advertisement

Advertisement