तेस्रो त्रैमासमा नेपाल बैंकको साढे दुई अर्ब कमाई

Advertisement

काठमाडौंः नेपाल बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा दुई अर्ब ५६ करोड ७७ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा तीन अर्ब १२ करोड रुपियाँ रहेको बैंकले जनाएको छ ।

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा दुई दशमलव छ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड रुपियाँ र कर्जा ७९ अर्ब ७१ करोड रुपियाँ पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात दुई दशमलव ९१ प्रतिशत रहेको छ ।

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ ।

Advertisement

Advertisement

Advertisement