सुन तस्करीको जालोमा प्रहरी, ३३ किलो सुनमा एकपछि अर्को प्रहरी अधिकृत मुछिँदै

Advertisement

काठमाडौंः फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए, त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।

Advertisement

यसरी मुछियो प्रहरी गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको बार्गेनिङ भयो । प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए । अन्तिममा दुई करोडमा सहमति भएको हो ।
तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शंका छ । ठोस आधार नभेटिएकोले केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ । तर, अपरेशनमा कुनै सम्वन्ध नभएका एसपी विकासराज खनाल र पुर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।
एसपी र डिआइजी अनुसन्धानको घेरामा गोरेले सनमको शब मोरङबाट उठाएर इटहरी र धरानबीचको जंगलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गेनिङ पनि चलिरहेको थियो ।पाँच करोडबाट सुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । पैसा बोेकेर गोरे धरान आउन राजि पनि भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो । रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे ।प्रहरी टोलि तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं.को स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडिमा गोरे थिएनन । उनका सहयोगी मात्र थिए । डिक्कीमा सनमको शब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो ।त्यसयता उनी सम्पर्कमा छैनन् । गाडि चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गर्यो । उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो ।

थप समाचार आजको नयाँ पत्रिका दैनिकमा ।

Advertisement

Advertisement