राष्ट्र बैंकले रिपोमार्फत आज १० अर्ब बजार पठाँउदै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले विहीवार फेरी बजारमा १० अर्ब रुपियाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपोको माध्यमबाट १४ दिनका लागि बजारमा १० अर्ब रुपियाँ पठाउने भएको हो ।

राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोल गर्ने उक्त रिपो १४ दिपछि अर्थात वैशाख २७ गते परिपक्क हुनेछ । यस्तै राष्ट्र बैंकले बुववार पनि २० अर्ब रुपियाँ बोलकबोल गरेर बजारमा पठाएको थियो ।

राष्ट्र बैंकले पठाउने १० अर्ब रुपियाँको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले माग गर्न सक्नेछन् । राष्ट्र बैंकले तरलता सहजीकरण गर्नलाई रिपो उपकरणबाट वित्तीय प्रणलीमा नगद पठाएको हो ।

Advertisement

Advertisement

Advertisement