पसीनाले हैन यस कारण आउछ शरीरबाट गन्ध

Advertisement

एजेन्सीः के तपाइलाई थाहा छ, पसीनामा कुनै गन्ध हुँदैन । जब, हाम्रो शरीरको ब्याक्टेरीया पसीनामा मिल्छ र पसीनाबाट गन्ध आउन थाल्छ । शरीरमा पानीको कमी हुनाले पनि शरीरबाट गन्ध आउँछ ।

यस, बाहेक पसीनाबाट गन्ध आउने अन्य कारण पनि हुन सक्छ । पसीना आउने अन्य कारणहरु यस्ता छन्

१) तनावका कारणले
धेरै तनावका कारणले गर्दा पनि हाम्रो शरीरमा पसीना आउने गर्छ । यस अवस्थामा शरीरमा कार्टिसोल नामको नामको हर्मोन बन्छ । जसको कारण पसीना आउँछ र शरीरको ब्याक्टेरीया पसीनामा मिल्छ र शरीरबाट गन्ध आउँछ ।

२) कपडाको कारणले
कुनै कपडाहरु पसीना नसोस्ने खालका हुन्छन् भने कुनै कपडा पसीना सोस्ने खालका हुन्छन् । यदी, तपाईहरुलाई धेरै पसीना आउँछ भने रेसमको कपडा वा पोलिस्छटर जस्ता कपडा प्रयोग गर्नाले पसीनको गन्धबाट बचिन्छ । पसीना नसोस्ने कपडा प्रयोग गर्दा शरीरका ब्याक्टेरीया फैलन थाल्छ र पसीना गनाउने हुन्छ ।

३) पर्फूम (अत्तर)को कारणले
तपाईहरुलाई अचम्म लाग्दो होला पसीनाको गध्न हराउनेले कसरी गनाउँछ भनेर ? एन्टी ब्याक्टेरीयल गुण नभएको सेन्ट (अत्तर) प्रयोग गर्दा ब्याक्टेरीया फैलन थाल्छ र पसीना गनाउँछ ।

४) औषधिको प्रयोग धेरै गर्नाले
धेरै मात्रामा औषधि प्रयोग गर्दा पनि यसको असर शरीरको मांसपेसीमा पर्छ र गन्ध आउन थाल्छ । औषधिमा पाइने रासायनिक तत्व र शरीरबाट आउँने गन्ध मिलेर गनाउने हुन्छ ।

५) मसलायुक्त खाना
धेरै मसला भएको खाना शरीरमा पनि गन्ध आउँछ । शरीरको गन्ध र पसीना मिलेर उनाउँने हुन्छ ।

Advertisement

Advertisement

Advertisement