सेयर बजार फेरि पूरानै शैलीले लगातार गिरावट, १५९ कम्पनीको कारोबारमा नाफा गर्ने १४ कम्पनी यी हुन

Advertisement

काठमाडौंः अघिल्लो साताअघिसम्म लगातार गिरावट हुँदै आएको सेयर बजार यो साता पनि सोही शैलीमा ओरालो लागेको छ । यो साता सोमबारदेखि घटेको बजार बिहीबार पनि कायम रह्यो ।

आज नेपाल स्टक एक्सचेन्जमा १५९ वटा कम्पनीको सेयर किनबेच भएकोमा जम्मा १४ कम्पनीले मात्रै नाफा गरेका छन भने सबै समूहको उपसुचक घटेर रातो लागेको छ । बजार घटन थालेपछि कारोबार पनि निकै घटेको छ । आज जम्मा ६३ करोड रुपियाँको मात्रै सेयर किनबेच भएको छ ।

नाफा गर्ने १४ कम्पनीहरुमा स्वदेशी लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त विकास बैंक, किसान लघुवित्त वित्तीय संस्था, उन्नती लघुवित्त वित्तीय संस्था, आरम्भ लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, एभरेष्ट बैंक संस्थापक, सिद्धार्थ बैंक, ग्रीन डभलपमेन्ट बैंक, जनता बैंक र एनएमबी बैंक छन् । स्वदेशी र लघुवित्तको नाफा पाँच प्रतिशतभन्दा बढि भए पनि बाँकीको सो भन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement