ज्योति विकास बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त

Advertisement

काठमाडौंः ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञावली नियुक्त भएका छन् । बुधबार बैंकको सञ्चालक समितिको बैठकले ज्ञावलीलाई कार्यवाहक सीईआबाट सीईओमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँबरले राजीनामा दिएपछि उनलाई कार्यवाहक सीईओको रुपमा जिम्मेवारी दिइएको थियो ।

ज्ञावलीले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटेड र एक कोरियन जलविद्युत कम्पनीमा समेत काम गरिसकेका छन् ।

चार्टर्ड एकाउन्टेण्ड (सीए) ज्ञवाली सरकारी कम्पनी नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement