कर्णाली प्रदेशको तीन महिने बजेट एक अर्ब दुई करोड

Advertisement

कर्णालीः कर्णाली प्रदेशले चालु आर्थिक वर्षको तीन महिनाको लागि एक अर्ब दुई करोड पाँच लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू खर्चलाई ४३ करोड ८४ लाख तीन हजार रुपियाँ र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रुपियाँको बजेट घोषणा गरेको हो ।

सार्वजनिक बजेटमा पर्यटन प्रवद्र्धन, स्वास्थ, जडीबुटी, कृषि र भ्रष्टाचार नियन्त्रण लगायतका विषयलाई बढी प्राथमिक्ता दिइएको छ । बजेटको नीति तथा कार्यक्रम मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन, सबै स्थानीय तहमा सडक, लुम्बिनी रारा सडकको स्तरोन्नती गर्ने लगायतका विषयलाई पनि प्राथमिक्तामा राखिएको छ ।

जलविद्युत विकासको लागि कर्णाली जलविद्यत कम्पनीको स्थापना गर्ने, बाली संरक्षणमा जोड दिने, जडीबुटी संकलन केन्द्रको स्थापना गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । यस्तै शिक्षा, स्वस्थ बीमा, खेलकुद लगायतका विषयलाई पनि बजेटमा समावेश गरिएको छ ।

Advertisement

Advertisement

Advertisement