कञ्चन बैंकको मुनाफा १३ प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकले तीन करोड ९८ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । बैंकको खुद मुनाफा गत वर्षको तेश्रो त्रैमासमा १३ दशमलव १४ प्रतिशतले घटेको थियो।

बैंकले निक्षेपमा तीन अर्ब ४३ करोड ५४ लाख रुपियाँ संकलन गरी तीन अर्ब तीन करोड ६६ लाख रुपियाँ बराबरको कर्जा प्रवाहमा गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा आठ दशमलव ५४ प्रतिशतले बढे पनि संचालन मुनाफा १३ दशमलव ६३ प्रतिशत घटेकाले मुनाफामा गिरावट आएको हो ।

Advertisement

Advertisement

Advertisement