सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौंः मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५/७६ को पूर्व बजेट छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्ने बताए । उनले विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसके बताए ।

अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उनले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताए ।

कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement