ओपोको एफ सेभेन नेपाली बजारमा

Advertisement

काठमाडौंः ओपोले नेपाली बजारमा एफ ७ सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोटोग्राफीका लागि एफ ७ ले परिस्कृत एआई प्रविधिलगायत एआईमा वैकल्पिक फिचर्सको उपयोग गर्छ । साथै, सुपर फुल स्क्रिन र परिस्कृत मल्टी टास्किङ सफ्टवेयरसहितको एफ सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्दछ । ओपो एफ सभेन ६४ जीबी, चार जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नयाँ उत्पादन एफ ७ ले पनि पछिल्ला उत्पादनहरुले झैं नेपाली उपभोक्ताको समग्र माग तथा आवश्यकताको सम्बोधन गर्न, समर्थ हुनेमा आशावादी रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।

Advertisement

Advertisement

Advertisement